History

 

विद्यालय इतिहास

काठमाडौंको चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालय नेपालको शिक्ष जगत्का एउटा चिरपरिचित नाम हो । २००४ सालमा स्थापित यस विद्यालयले आप्mनो स्थापनाको ७१ वसन्त पार गर्दासम्म विभिन्न स्मरणीय एवम् गौरवमय सफलताका आयामहरू थपिसकेको छ । यसले अहिले आप्mनो ७२औं वार्षिकोत्सव मनाउने क्रममा आप्mना इतिहासका पाना पल्टाएर झन्डै विस्मृतिमा रहेका र ओझेमा परिसकेका तथ्यहरू उद्घाटित गर्न पाउ“दा एउटा अव्यक्त खुशी अनुभूति गरिरहेको छु । यो स्मारिका प्रकाशन गर्ने क्रममा कतिपय लिखित अभिलेखहरू रूपमा पूर्ण नभेटिएकाले स्थानीय बुद्धिजीवी, समाजसेवी, पूर्वप्रधानाध्यापक, पूर्वशिक्षक तथा विद्यार्थीहरूस“गको संवादबाट प्राप्त तथ्यांकहरू समेटेर सकेसम्म पूर्ण गर्ने प्रयास गरिएको छ ।

मानिसको चिना, नागरिकता, राहदानी (पासपोर्ट), परिचयपत्र जस्ता दस्तावेजमा उसका विवरण संकलित भएजस्तै यस स्मारिकामा पनि विद्यालयका बारेमा लिखित सूचना र व्यक्तिहरूस“गका छलफल र उनीहरूको स्मृतिबाट भेटिएसम्मका विवरणहरू यस स्मारिकामा समेट्ने प्रयास भएको छ । यो स्मारिका प्रकाशन भएर यहा“हरूको हातमा पुगेपछि कुनै विवरण छूट तथा फरक पर्न गएको तथ्यगत जानकारी प्राप्त भए आगामी वर्षमा ती विवरण संग्रह गर्ने प्रण गर्दछु ।

यो पशुपति मित्र माध्यमिक विद्यालय विभिन्न सिकाइ केन्द्रहरू ः पशुपति आधार स्कुल (२००४ भदौ १३), विनायक पद्म मिडिल स्कुल (२००४ जेठ ४), पशुपति आधार मित्र मण्डल (२०१० भदौ १३), पशुपति हाइ स्कुल दिवा (२०१४) र मित्र रात्रि शिक्षालाय (२०१४), मित्र सह शिक्षालय (२०१५÷१६ प्रात÷दिवा) समाहित भएर पशुपति मित्र माध्यमिक विद्यालय (२०३०) स्थापना भएको हो । यसै गरी २००७ सालमा स्थानीय समाज सेवी, शिक्षाप्रेमीहरूको अथक प्रयास र श्रमदानबाट ‘मित्र मण्डल’को स्थापना भयो । यो संस्था तत्कालीन युवराज श्री ५ महेन्द्रबाट उद्घाटन भएको हो भन्ने स्थानीय बूढापाकाहरूको भनाइ छ । त्यसमा ‘मित्र वाचनालय’ नामक संस्था पनि जोडियो । मित्र मण्डल २००७ (मित्र वाचनालयसमेत) को फोटो हामीस“ग इतिहासका रुपमा सुरक्षित छ । मित्र वाचनालयमा स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, साहित्यानुरागी व्यक्तिहरूको जमघट हुने र त्यहा“ कथा, कविता, निबन्ध, समालोचना एवम् शैक्षिक चिन्तन जस्ता क्रियाकलाप हुने गर्दथ्यो । त्यसबेलाका स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी एवम् शुभचिन्तक हाल जीवित वा दिवंगत महानुभावहरुलाई विद्यालयले सदैव सगौरव स्मरण गर्दछ ।

विद्यालय आज जुन अवस्थामा छ त्यहा“सम्म ल्याइपु¥याउन यस संस्थास“ग आबद्ध तथा विभिन्न व्यक्तिहरूको ठूलो योगदान रहेको छ । यस संस्थामा अध्ययन गरेका विद्यार्थीहरू देशका विभिन्न तह र क्षेत्रमा रहेका छन् । विद्यालयले यसलाई आप्mनो सफलता ठानेको छ । यो विद्यालय यसले ल्याएको ‘लिगेसी’ पशुपति आधार स्कुल गौशाला जुन पशुपति वज्रघरमा सञ्चालनमा थियो । यसको स्थापनाको अभिलेख फेला पार्न सकिएन । यदि कोही कसैले त्यस्तो प्रमाण कही“ कतै भएको सूचना दिनुभए, त्यो काम विद्यालयको इतिहास संरक्षणतर्पmका लागि यहा“को ठूलो ठूलो योगदानका रूपमा रहने छ । सभा समारोहमा यदाकदा भेटघाट र परिचयबाट यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी सेना, प्रहरी, प्रशासन, स्वास्थ्य सेवा, इन्जिनीयरिङ, व्यापार–व्यवसायमा राम्रो सफलता प्राप्त गरेको अनुभव सुन्न पाउ“दा अति खुशी लाग्दो रहेछ । तत्कालीन समयमा यो विद्यालयको सेवा क्षेत्र व्यापक थियो ।

काठमाडौंमा दरबार हाइ स्कुल, पद्मोदय मा.वि., पद्मकन्या विद्याश्रम डिल्लीबजार जस्ता स्कुलबाहेक पूर्वोत्तर क्षेत्रमा अवस्थित यस पशुपति मित्र माध्यमिक विद्यालय चाबहिल, गौशला, बानेश्वर, ज्ञानेश्वर, कपन, आरुबारी, जोरपाटी, बौद्ध तथा अन्य आसपासका क्षेत्रबाट यस विद्यालयमा अध्ययन गर्न विद्यार्थीहरू आउने गरेको कुरा पूर्वविद्यार्थी, पूर्व प्र.अ. एवम् सेवानिवृत्ति शिक्षकहरूको अनुभव छ । उहाहरूका अनुसार त्यस समयमा यस विद्यालयमा विद्यार्थीको संख्या पनि अत्यधिक हुने गरेको थियो । त्यस बेलाका शिक्षकहरूले आपूmले पढाउनुपर्ने नियमानुसारको प्रतिहप्ताको कक्षा संख्याबाहेक अतिरिक्त कक्षाको थप कक्षाको जिम्मेवारी पनि लिने गरेको कुरा पूर्वप्रअ तथा शिक्षकहरूको अनुभव छ । मैले भदौ १०, २०७५ बाट निमित्त प्रधानाध्यापक र ………………..बाट प्रधानाध्यापकको जिम्मेवारी पाएको पहिलो दिनदेखि नै विद्यालयको इतिहास अभिलेखीकरण गर्नतिर लाग्दा विद्यालयमा संग्रहित हरेक कागजपत्रका पाना पल्टाउने र प्राप्त केही पुराना अभिलेख÷तथ्यगत जानकारी÷सूचनाहरू संकलन गर्ने कार्य गर्दा हालसम्म जम्मा १४ जना प्रधानाध्यापकहरूले विद्यालयको नेतृत्व गरकेो र ८ जना विद्यालय व्यवस्थापन समिति (पहिले विद्यालय सञ्चालक) अध्यक्षले अभिभावकीय भूमिका निर्वाह गरेको पाइयो र त्यसलाई अभिलेखीकरण गरिएको छ ।

स्वर्गीय पुण्यप्रभादेवी ढुंगाना अध्यक्ष र श्री सावित्री पौड्यालले प्रधानाध्यापकको नेतृत्व दिएदेखिबाट यस विद्यालयले समावेशी मर्मलाई आत्मसात् गरेको पाइन्छ । पूवं प्र.अ. हरूले आआप्mना कार्यकालमा सफल नेतृत्व दिनुभएको प्रमाण विद्यालयको भौतिक अवस्था, आर्थिक पारदर्शिता, प्रशासनिक संरचना, शैक्षिक प्रगति (एसएलसी र एसईईको नतिजा) र विद्यालयमा उपलब्ध सुरक्षित केही अभिलेखबाट पुष्टि हुन्छ । विद्यालयले आप्mनो ७२औं वार्षिकोत्सव मनाउ“दै गर्दा ती सबै महानु व्यक्तिहरूलाई हामी सगौरव स्मरण गर्दै धन्यवाद दिन चाहन्छौं । म प्रधानाध्यापकका रूपमा विद्यालयको नेतृत्व गर्दै गर्दा विद्यालय विकास प्रस्तावमा यो विद्यालयको आगामी दिनका लक्ष्य र चुनौतीहरूलाई स्पष्टरूपमा अगाडि सारेको छु । विद्यालयको आप्mनो भौतिक सम्पत्तिका रूपमा ५ रोपनी ११ आना २ पैसा ३ दाम (रैकर) जग्गा विद्यालयको स्वामित्वमा रहेको छ । विद्यालयको पूर्वपट्टि बाटोबाट आउने धू“वाधूलो, कोलाहल तथा अन्य पठनपाठन प्रतिकूल हुने तŒवलाई रोक्न र विद्यालयको अतिरिक्त खर्च (निजीस्रोतका शिक्षक ४, पुस्तकालय प्रमुख, कुचीकार, आया, बालविकास शिक्षकलाई प्रदान गरिने प्रात्साहन भत्ता, अस्थायी शिक्षकलाई दिइने पोशाक खर्च वार्षिकोत्सव खर्च, शैक्षिक सत्रमा गरिने पा“चदिने पुनर्तजगी तालिम खर्च खेलकुद, विज्ञान प्रदर्शनी आदि) धान्न माथि १८ र तल १८ कोठा भएको पसलकबलसहितको भवन, रेक्ट्रोफिटिङ भएको भूकम्प प्रतिरोधी भवन, पक्की माटोको गारो भएको बाहिर प्लास्टर गरिएको भवन गरी जम्मा ३ ओटा भवन विद्यालयको अचल सम्पत्तिका रूपमा रहेको छ । साथै इटा छापेको २ ओटा खेलमैदान र पक्की तथा तारबार (पछाडिपट्टि) गरेको पर्खाल छ । २ ओटा विद्यालय भवनमा जम्मा ३५ ओटा कोठामा २१ ओटा कोठामा कक्षा सञ्चालन हुने गरेको छ ।